• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल बन्दले आज राजधानी काठमाडौँसहित देश ठप्प, हेर्नुहोस् बिस्तृतमा

    586
    SHARES


    काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गरेको भन्दै विप्लव नेतृत्वको नेकपासहित ५ राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् ।

    आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णयसँगै पाँच दलीय संयुक्त मोर्चाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दले राजधानी काठमाडौँसहित  बनेको छ ।

    विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरिएको छ ।

    नेपाल बन्दका कारण लामो र छोटो दूरीका सवारी साधान चलेका छैनन् भने जनजीवन विहानैबाट प्रभावित भएको छ । बिहानी सेवाका स्कुल कलेजहरु बन्द छन् । त्यस्तै बजार व्यवसाय पनि ठप्प छ । काठमाडौँसहित देशका मुख्य शहरहरु पनि ठप्प छन् । जनताले एमसीसीबिरुद्धको बन्दलाई साथ् दिएको देखिएको छ ।

    एमसीसी टेबुल गर्ने निर्णयविरुद्ध विरोधलाई रोक्न सरकारले राजधानी काठमाडौँसहित ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्रि प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

    ति पार्टी सम्बद्ध मोर्चाले नेपालमा एमसीसीको बहस सुरु हुन बितिकै सुरुदेखि नै एमसीसी सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।

    एमसीसी राष्ट्रघाती भएको र सत्ता गठबन्धन दलहरुले उक्त सम्झौता संसदबाट पारित गरी लागु गर्न खोजेको भन्दै विरोध जनाएका उनीहरुले एमसीसी संसदमा नलिएर खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।

    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जबरजस्त भएपनि संसदमा एमसीसी लैजाने पक्षमा उभिएपछि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समर्थन नगर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय जनामोर्चालगायतका साना पार्टीले पनि एमसीसीको विरोध जनाउँदै आएका छन् ।

    नेपाली काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै देशभर विरोध सुरु भएको छ । यसअघि रोकेपनि सरकारले निर्णय नै गरिसकेपछि टेबुल गर्नुपर्ने कानुनी बाध्यतामा सभामुख अग्नि सापकोटा रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ