• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देउवा सरकारको ज्यादतीबिरुद्ध भोलि नेपाल बन्दको घोषणा, हेर्नुहोस बिज्ञप्तिसहित

    2.8K
    SHARES


    काठमाडौं । देउवा सरकारको ज्यादतीबिरुद्ध भोलि नेपाल बन्दको घोषणा गरिएको छ । राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले भोलि फाल्गुन ४ गते बुधबार नेपाल बन्दको आव्हान गरेको हो।

    यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको नेकपाका अध्यक्ष ऋषि कट्टेलले संचारकेन्द्रलाई जानकारी दिएका छन् ।

    यता नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले पनि मङ्गलबार अपराह्न संयुक्त विज्ञप्ति जारी गर्दै भोलि फागुन ४ गतेबन्द रहेको बताएका छन् ।

    ‘एमसीसी कम्प्याक्टले नेपाली राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सर्वाधिक रूपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठोर सङ्घर्ष गर्दै आइरहेको छ । जसको परिणाम एमसीसी कम्प्याक्टलाई संसद्बाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन, बरु सरकारी गठबन्धन र संसद्वादी दलभित्रै नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्षले पैदा गरेका अन्तरविरोध एवम् अवरोधहरूको सामना गर्नुपरेको थियो ।’ विज्ञप्तिमा भनिएको छ ।

    नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको र उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख छ ।

    ‘नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेका छन् । उपरोक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरिराखेका देशभक्त नेपाली जनतालाई सह्य छैन । एमसीसी कम्प्याक्टलाई खारेज गर्ने सशक्त र उच्च तहको सङ्घर्षको कार्यक्रम अनिवार्य बन्न पुगेको छ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    नेपालको राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याउने एमसीसी कम्प्याक्टका विरुद्ध उच्च तहको जुझारु एवम् प्रभावकारी सङ्घर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरूको फागुन ४ गते संसद्मा एमसीसी कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्नु  सङ्घर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधीनताको आन्दोलनको ऐतिहासिक आवश्यकता ठानेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    साथै विषयको यही गाम्भीर्यतालाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरिएको देशव्यापी विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रूपमा विकास गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको उनीहरुले बताएका छन् । ‘हाम्रो राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याउने एमसीसी कम्प्याक्टका विरुद्ध उच्च तहको जुझारु एवम् प्रभावकारी सङ्घर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरूको फागुन ४ गते संसद्मा एमसीसी कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्नु हामी सङ्घर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधीनताको आन्दोलनको ऐतिहासिक आवश्यकता ठानेका छौँ । विषयको यही गाम्भीर्यलाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरिएको देशव्यापी विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रूपमा विकास गरी तपसिलबमोजिम सार्वजनिक गरेका छौँ ।’  विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा घोषित सङ्घर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पारी देउवा सरकारको एमसीसी कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिस्ट क्रान्तिकारी, सच्चा लोकतन्त्रवादीहरू देशभक्त शक्तिहरू मजदुर, किसान मध्यम वर्ग राष्ट्रिय उद्यमी, व्यवसायी, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, व्यापारी, कर्मचारी, सुरक्षा क्षेत्र, साहित्यकार, कलाकार, पत्रकारलगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आह्वान समेत गरिएको छ ।

    ‘घोषित सङ्घर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पारी देउवा सरकारको एमसीसी कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिस्ट क्रान्तिकारी, सच्चा लोकतन्त्रवादीहरू देशभक्त शक्तिहरू मजदुर, किसान मध्यम वर्ग राष्ट्रिय उद्यमी, व्यवसायी, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, व्यापारी, कर्मचारी, सुरक्षा क्षेत्र, साहित्यकार, कलाकार, पत्रकारलगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आह्वान गर्दछौँ ’ विज्ञप्तिमा भनिएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ