• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    के भोलि फागुन ४ गते नेपाल बन्द हो ? झुक्किनुभएको छ भने विज्ञप्तिसहित हेर्नुहोस

    3.9K
    SHARES


    काठमाडौं । सरकारले बुधबार बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोबारे निर्णय गरेसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएको छ।

    यता एमसीसीको बिरोध गर्दै आएका विप्लव नेतृत्वको नेकपा, बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादीसहितका दलहरुले भोली ४ गते नेपाल बन्द आव्हान गरेको खबर यतिबेला भाइरल बनेको छ ।

    विप्लव नेतृत्वको नेकपा, बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादीसहितका अन्य ४ वटा राजनीतिक दलका नेता कार्यकर्ताहरुले एमसीसीको चर्को विरोध गर्दै भोलि फागुन ४ गते नेपाल बन्दसहितको पर्चा सामाजिक सञ्जालमा सेयर गर्दै भाइरल बनाएका छन् ।

    तर यो समाचार तयार पार्दासम्म भोली फागुन ४ गते नेपाल बन्द भएको कुनै आधिकारिक विज्ञप्ति भने आइसकेको छैन। नेपाल बन्दको खबर भाइरल बनिरहेका बेला यता देउवा सरकारले भने एमसीसी विरोधी प्रदर्शन चर्कन सक्ने भन्दै सो सम्भालाई लक्षित गर्दै नयाँ बानेश्वर स्थित संसद भवन वरपर थप सुरक्षा सतर्कता बढाएको छ ।

    खासमा विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी), र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा भोलि फाल्गुन ४ गते बुधबार देशैभर एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध जुलुस र सभा हुँदैछ ।

    काठमाडौं उपत्यकामा भने माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध जुलुस प्रदर्शन गर्ने र संसद भवन अगाडि विरोधसभा गर्ने तयारी गरिएको छ । काठमाडौंको विरोध जुलुस र सभालाई आयोजक पार्टी र मोर्चाका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ । विरोध जुलुस प्रदर्शन १२ बजेबाट सुरु हुने जनाइएको छ ।

    सत्तारुढ गठबन्धनले भोलि नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि ६ पार्टी र २ मोर्चाले त्यसको विरोधमा जुलुस प्रदर्शन र विरोधसभाको आयोजना गरेका हुन् । एमसीसीको खारेजीको पक्षमा रहेका अन्य पार्टी र समूहहरुले पनि विरोध प्रदर्शनको तयारी गरेको बुझिएको छ ।

    ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले हालै जारी गरेको वक्तव्यमा भनिएको छ, “एमसीसी कम्प्याक्टका विरुद्ध नेपाली जनताको देशव्यापी खारेज आन्दोलन चल्दाचल्दै पनि देउवा सरकारले अमेरिकी मालिकको खातिरदारी, आफ्नो राजनीतिक चरित्र र सत्ताको आयु लम्ब्याउन पटक पटक संसदबाट एमसीसी पारित गराउने राष्ट्रघाती र जनघाती हर्कत गरिराखेको छ ।

    नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका विरुद्ध आगामी फागुन ४ गते पारित गर्ने षड्यन्त्रलाई चक्नाचुर पार्न हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चा घोषित संघर्षको कार्यक्रमलाई सशक्त र हस्तक्षेपमूलक रुपमा सफल पार्नका लागि देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतामा सक्रिय सहभागिताको लागि विशेष आव्हान गर्दछौं ।”

    विप्लव नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)ले एमसीसी खारेजीकै संघर्षको क्रममा फागुन १ गते साँझ काठमाडौं उपत्यका लगायत जिल्ला जिल्लामा समेत मशाल जुलुस र विरोध कार्यक्रमहरु सम्पन्न गरेको थियो । हेर्नुहोस बिज्ञप्ति

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ