• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अश्लिल गाली गरेको अडियो भाइरल बनेपछि पर्यटन मन्त्री आलेले बल्ल मुख खोले

    1K
    SHARES


    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले सामाजिक सञ्जाल फेसबुकमा भाइरल अडियोेबारे मुख खोलेका छन।

    भारतमा रहेका एक नेपालीले आफूले सामाजिक सञ्जालमा कमेन्ट गर्दा मन्त्री आलेले अश्लिल गाली गरेको भन्दै भिडियो सार्वजनिक गरेपछि मन्त्री आले विवादमा तानिएका हुन।

    केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेका कार्यकर्ता रहेका ती युवकले आफूले फेसबुकमा कमेन्ट गरेकोमा मन्त्री आलेले निकै तल्लो स्तरमा झरेर गालिगलौज गर्दै धम्की दिएको बताएका छन। सो अडियो बाहिरिएपछि मन्त्री आलेले आफू अचम्ममा परेको बताएका छन्।

    सो अडियो एक बर्ष पुरानो रहेको र ती युवकले गालीगलौज गर्दा आफूले सम्झाएको मन्त्री आलेको दाबी छ। तर, आफूले अश्लिल गाली गरेको अडियो बाहिरिएपछि आफूले साइबर ब्यूरोमा निवदेन दिने बताएका छन।

    यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।

    ‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’

    पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए । अडियो–भिडियोको सत्यतथ्य बुझेपछि उनीमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने उनले जनाए ।

    आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् । त्यस्तै आलेले भारतमा रहेका भनिएका एक जना नेकपा एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिएपछि चौतर्फी आलोचना भएको छ । उनको सर्वत्र राजिनामाको माग उठेको छ ।

    एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ ।

    हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’ भन्दै टिप्पणी गरेका छन्। एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् ।

    ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालबाट माग गरेकी छिन् । यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ ।

    यसैबिच मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।

    सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

    मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

    मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।

    नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ