• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बैठकको बीचबाटै प्रधानमन्त्री देउवाको सभामुख सापकोटालाई फोन, के भने ?

    1.1K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

    भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।

    भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय गर्नेछ ।

    त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको बैठकमा सहभागी एक सांसदिभ लाई बताए ।

    यता, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले पनि मंगलबार नै सभामुख सापकोटालाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । सो बैठकमा एमसीसीको कुरा उठाउने आफूहरुको तयारी रहेको बडुले बताए ।

    उता, सभामुख सापकोटाले पनि दलहरुबीच सहमति भए आफूले एमसीसी टेबल गर्न नरोक्ने बताइसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ