• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विराटनगरबाट काठमाडौंका लागि उडेको विमानमा चरा ठोक्कियो, केछ अवस्था ?

    878
    SHARES


    विराटनगर । आइतबार साँझ साढे ६ बजे विराटनगरबाट काठमाडौंका लागि उडान भरेको गुण एयरलाइन्सको विमानमा लाटकोसेरो चरा ठोकिएको छ।

    ३० सिट रहेको गुण एयरलाइन्सको विमान विराटनगरको धावन मार्ग छाड्ने क्रममा चरा ठोकिएपछि यात्रु लिएर काठमाडौं उडे पनि फर्काएर पुनः विराटनगर विमानस्थलमा सकुसल अवतरण गरेको हो। ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्य रहेका थिए।

    विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलका आइतबार साँझ साढे ६ बजेतिर काठमाडौंका लागि उडेको जहाजमा लाटकोसेरो ठोकिएपछि पुनः विराटनगरमा अवतरण गरिएको हो। उनका अनुसार जहाजभित्र रहेका यात्रु र जहाज सकुल अवतरण भएको र जहाजमा ठोकिएको चरा मरेको छ।

    ‘चालक दलका सदस्यसहित ३३ जना यात्रु लिएर उडेको जहाज ५ मिनेट जतिमै पुनः फर्काएर विराटनगरमा सकुशल अवतरण गरिएको थियो,’ विमानस्थल प्रमुख खरेलले भने, ‘जहाजमा ठूलो क्षति पुगेको देखिएको छैन।’

    उनले अगाडी भने – ‘धावनमार्ग छाड्न साथ जहाजको देव्रेतर्फको इन्जिनको भाग आवश्यकताभन्दा बढी तात्न थालेको थियो। इन्जिन तात्न थालेको थाहा पाए लगत्तै फर्काएर ठूलो दुर्घटना हुन बच्यो।’

    सोमबार काठमाडौंबाट इन्जिनियर आएर आवश्यक मर्मत गरेपछि मात्रै जहाज पुनः उडान भर्न पाउँछ। गुण एयरलाइन्स विराटनगरका स्टेसन मेनेजर धर्मराज गिरीले जहाजमा चरा ठोक्किएको पुष्टि गरे पनि आफू कार्यालयभन्दा बाहिर रहेकाले थप जानकारी नभएको बताए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ