• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आलितालमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु, ३ जना पक्राउ

    1K
    SHARES


    काठमाडौँ । डडेल्धुरामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। डोटीको दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो।

    सोमबार बिहान उनी कुटपिट गरी अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुराले जनाएको छ।

    इलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुराका प्रमुख रमेश अवस्थिकाअनुसार मृतक सिजापतीको शरीरभरी चोटपटकका घाउ छन्। ‘उनको कु’ट’पिट गरी ह’त्या गरेको आशंकामा हामीले परशुराम १२ का ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रमुख अवस्थिले भने ।

    उनिहरुले अपराध स्वीकार गरिसकेका छन् । उनिहरुसंग यस घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने र सो विषयमा हामीले अनुसन्धान गरिरहेका छौ । डोटीबाट किन त्यहाँ गएका थिए र उनीसँग के भएको थियो भन्नेबारे अनुसन्धान चलिरहेको छ’ उनले भने।

    मृतक सिजापति लाई परशुरामको १२ बाट मरणासन्न हुनेगरी कु’ट’पिट गरि डडेल्धुरा र डोटीको सिमाना नजिक लामिजिले खोलामा कु’ट’पिट गरि अचेत फालिएको अवस्थामा भेटीएको थियो ।

    उनको शव अहिले जोगबुढा अस्तालमा राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। प्रहरीले ह’त्याराको नाम भने गोप्य राखेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ