• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    अन्तत: नायिका रेखा थापाले गरिन दोस्रो विवाह, को हुन् दुलाहा ?

    1.9K
    SHARES


    काठमाडौँ । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। आफूले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्।

    थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

    थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्।

    अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्। ३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ