• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमाले केन्द्रीय सचिवालयको बैठकले के गर्यो निर्णय ?

    1.1K
    SHARES


    काठमाडौँ । आइतबार साँझ मात्रै एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । सचिवालयको बैठक गरेको नीतिगत निर्णयका आधारमा संसदीय दलको बैठकले ठोस निर्णय गर्ने नेताहरूले बताएका थिए ।

    सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा एमाले सांसदहरूले महाअभियोगको विषयमा नेतृत्वले थप छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

    एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नीप्रसाद सापकोटा र चार न्यायाधीशमाथि महाअभियोग लगाउने प्रस्तावको विषयमा कुनै ठोस निर्णय नभएको बताएका छन् ।

    एमालेका कतिपय नेताहरूले प्रधानन्यायाधीश जबराविरुद्ध आएको महाअभियोग प्रस्तावलाई निस्तेज गर्न थप ४ जना न्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउने बताउँदै आएका छन् । सोमबारको बैठकमा एमाले सबै सांसदहरूलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएको एक सांसदले जानकारी दिएका छन् ।

    बैठकमा महाभियोगबारे अध्यक्ष ओलीले आफ्नो धारणा राखेका थिए । उनले राणाविरुद्धको महाअभियोग व्यक्तिगत आक्रमण मात्र नभएर अदालतलाई गिजोलिरहने मनसायले आएको बताएका थिए ।

    चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् ।

    सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको बताएका हुन् ।

    ‘अहिले प्रधानन्यायाधीशका विरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो प्रवृत्किो रुपमा आएको छ’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।

    ओलीले प्रधानन्यायाधीश जबराप्रति एमाले सकारात्मक भएको वा एमालेको पक्षमा काम गरेका छन् भनेर उनलाई बोकेर हिँड्नुपर्छ, जोगाउनुपर्छ भन्ने मनसाय एमालेको नभएको बताएका थिए ।

    ‘उहाँको अनगिन्ती कमजोरी देखिएको छ, उहाँप्रति चार्ज लागेको छ, हिजो परमादेश गराउने नेतृत्व उहाँले नै गर्नुभएको थियो, त्यसका बाबजुद महाअभियोग प्रस्ताव जुन बेलामा आयो, जसरी आयो, जे नियतले आयो त्यसमा आशंका हो’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।ओलीले महाअभियोग गलत उद्देश्यले आएको भन्दै यसलाई प्रतिवाद गर्ने बताएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ