काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ । मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे उनलाई एमालेले विकल्प दिएको हो ।
आइतबार एमाले अध्यक्ष केपी अोली निवास बालकोटमा बसेको सचिवालय बैठकले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको विषयमा सभामुखको भूमिकालाई दिएर सापकोटालाई दुई विकल्प दिएको हो ।
‘सभामुखको भूमिका उहाले निर्वाह गर्न सक्नुभएन । उहाको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौ बैठकपछि महासचिव शंकर पोखरेलले भने ।
प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रस्तावको प्रतिवाद कसरी गर्ने भन्नेबारे पार्टीले संसदीय प्रक्रियाबाटै टुंग्याउने पनि उनले बताए ।
त्यस्तै सभामुख सापकोटाले आज सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । ‘एमाले त्यो बैठकमा जादैन ।
किनभने सभामुखप्रति हाम्रो असहमति रहदै आएको छ । उहासगै असहमति रहिरहेका बेला फेरि उहाले नै बोलाएको बैठकमा जानुको अर्थ रहदैन’, तामाङको भनाइ छ ।
प्रतिक्रिया