• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यसरी बनेको रहेछ प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउने ‘मास्टर प्लान’

    829
    SHARES


    सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निकास नदिएपछि महाअभियोग दर्ता गरिएको बताएका छन्।

    आइतबार मधेसको राजधानी जनकपुरधाममा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति हटाउन प्रधानन्यायाधीश राणाले नै पहल गरून् भन्ने गठबन्धनको चाहना भए पनि उनले त्यसो नगरेपछि महाअभियोग ल्याइएको बताए।

    केही समयदेखि नेपाली न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति दु:खद थियो। न्यायाधीश र अधिवक्ताहरू आन्दोलनमा थिए।हामीले यसको सहज निकास चाहेका थियौं।

    त्यसका लागि पहल पनि गर्‍यौं,’ प्रचण्डले भने,‘प्रधानन्यायाधीशले विदा बसेर हुन्छ कि सबैलाई विश्वासमा लिएर हुन्छ निकास दिनुको साटो न्याय क्षेत्र झन् अराजक बन्न लागेपछि संवैधानिक प्रक्रिया थालिएको हो।’

    प्रचण्डले राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारूढ गठबन्धनका सबै दलहरू सहमत भएकाले यसले गठबन्धनलाई अझ बलियो बनाउने बताए।

    महाअभियोग लगाउनेमा सबैको सहमति छ। यसले गठबन्धनलाई अझ बलियो बनाउँछ,’ प्रचण्डले भने। सत्तारूढ गठबन्धनका तीन दलका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश राणा आइतबारदेखि निलम्बनमा परेका छन्।

    यी हुन् महाभियोगमा हस्ताक्षर गर्ने ९८ सांसद
    महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी ९८ सांसदको नामावली सञ्चारकेन्द्रले प्राप्त गरेको छ ।

    महाभियोगका प्रस्तावकहरुमा माओवादीका देवप्रसाद गुरुङ काँग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृतका जीवनराम श्रेष्ठ छन् । समर्थकका रुपमा हस्ताक्षर गर्ने ९५ सांसदको नामावली यसप्रकार छ–

    डा. मिनेन्द्रप्रसाद रिजाल, जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, सरवत आरा खानम हलवाइनी, बहादुर सिंह लामा, मानबहादुर विश्वकर्मा र मीना सुब्बा।

    त्यस्तै अभिषेकप्रताप शाह, पदम नारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम मेहता, गगनकुमार थापा र भीमसेनदास प्रधान ।

    त्यसैगरी देवप्रसाद तिम्सिना, पार्वती डीसी चौधरी, राजेन्द्र कुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाशमान सिंह, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोर सिंह राठौर, शशांक कोइराला, स्मृति नारायण चौधरी, सुजाता कोइराला प्रमोद कुमार यादव लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही, सञ्जयकुमार गौतम र हिरा गुरुङले पनि हस्ताक्षर गरेका छन् ।

    त्यसैगरी सांसद अञ्जना बिसंखे, अमनलाल मोदी, अमृता थापा, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगाबहादुर तामाङ, गजेन्द्रबहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, चाँदतारा कुमारी र चूडामणि खड्का छन् ।

    छक्कबहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दूर्गाबहादुर रावत, धर्मशिला चापागाई, पूर्णकुमारी सुवेदी, मात्रिकाप्रसाद यादव, यशोदा गुरुङ सुवेदी, रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सत्य पहाडी, सन्तकुमार थारु, सुदन किराती, सुरेन्द्रकुमार कार्की, सुरेसकुमार राई, सुरेसचन्द्र दास, हरिबोलप्रसाद गजुरेल, हरिराज अधिकारी, हितबहादुर तामाङले पनि हस्ताक्षर गरेका छन् ।

    त्यस्तै सांसदहरु हेमकुमार राई, सरलाकुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कर्ण कायस्थ, हिराचन्द्र केसी, लक्ष्मी कुमारी चौधरी, विनादेवी बूढाथोकी, समिना हुसेन, मुकुन्द न्यौपाने, निरादेवी वैद्यले पनि महाअभियोेग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ