• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कमल थापा बने फेरि राप्रपाका अध्यक्ष्य

    2.3K
    SHARES


    काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट बाहिरिएका कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन। राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई निर्वाचन आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको छ।

    यसअघि नै दर्ता रहेको सो दलको अध्यक्षबाट लाक्पा शेर्पाले अध्यक्ष परित्याग गर्दै थापालाई अध्यक्ष बनाएका छन। शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेपछि सो को जानकारी आयोगलाई दिइएको हो ।

    यता राप्रपाका अध्यक्ष लिङ्देनले कमल थापालाई बधाई दिएका छन्। अध्यक्ष लिङ्देनले बधाई दिँदै सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन।

    यस्तो छ अध्यक्ष लिङ्देनको ट्विट
    राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

    गणतन्त्र स्वीकार, हिन्दु राष्ट्र एजेण्डा
    पार्टीको एजेण्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुनेछ । तर पार्टीले गणतान्त्रिक स्वीकार गर्नेछ । अध्यक्ष बनेपछि थापाले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय लिइएको बताएका छन् ।

    ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ ​उनले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

    राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाको जिकिर छ ।

    ‘नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो,’ उनले भनेका छन्, ‘तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ ।

    पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा प¥यौ । गम्भीर राजनीतिक भुलका शृङ्खलाहरू सुरु भए । असहज र गलत प्रवृत्तिसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।’ ​

    पार्टीको गत निर्वाचनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै थापाले छानबिनको माग गर्दै आएका थिए । तर सो मागको सुनुवाइ नभएपछि उनी पार्टीबाटै अलग भएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ