• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    गृहमन्त्री बादलले नै यस्तो काम गरेपछि मन्त्रालयका कर्मचारी छक्क, रेशम चौधरी मख्ख !

    16.8K
    SHARES

    काठमाडौं, ३ चैत ।

    शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल एकाएक वीर अस्पताल पुगे । गृहमन्त्रीको अगामनले अस्पताल परिसर एकछिन नियमित अवस्थामा भन्दा केहि फरक देखियो । मन्त्री आफु बिरामी भएर र या कसैको उपचार गर्न वीर पुगेका भने पटक्कै होइनन् । मन्त्री थापा वीर पुग्दा मन्त्रालयका कर्मचारी छक्क थिए भने रेशम चौधरी मख्ख !

    वीर अस्पतालमा गृहमन्त्री बादलले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीलाई जुस पिलाएर अनशन तोडाए । चौधरीले शुक्रबार  १८ दिनपछि मन्त्री थापाको हातबाट जुस पिएर अनशन तोडेका छन् ।

    थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका हुन् ।

    अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका छन् ।

    चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपनेर्न, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

    चाैधरीलाई गृहमन्त्री थापाले अनसन तोडाउँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि उपस्थित थिए ।

    यसैबीच गृहमन्त्री थापाले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

    गएको फाुगन २८ गते अज्ञात समूहको खुकरी र गोली प्रहारबाट मेयर चौधरी घाइते भएका थिए । भेटमा गृहमन्त्री थापाले चौधरीको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकहरुसँग जानकारी लिँदै उपचारमा कुनै कमी नगर्न आग्रह गरे ।

    मन्त्री थापाले घाइते चौधरीलाई स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी समेत दिए । उनले आक्रमणकारीलाई कारवाहीको दायरामा ल्याईने प्रतिवद्धता व्यक्त गरे ।

    यसैगरी, गृहमन्त्री थापाले शुक्रबार महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालको निरीक्षण गरेका छन् । उनले अस्पतालले दिईरहेको सेवा, सुविधाको स्रहाना गर्दै आगामी दिनमा सेवा थप प्रभावकारी बनाउन निर्देशन दिए ।

    अस्पतालका प्रमुख, अतिरीक्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अस्पतालले दिईरहेको सेवा, सुविधा, बजेट, दरबन्दी र प्रविधि लगायतबारे गृहमन्त्री थापालाई जानकारी गराए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ