काठमाडौं । एउटा डरलाग्दो भिडियो भाइरल भएको छ । भिडियोमा एक युवकले आफ्नी श्रीमतीको का’टि’एको टाउको हातमा लिएर सडकमा यताउता घुमिरहेका देखिएका छन् ।
यो भिडियो देखेर मानिसहरु आ’तं’कित भएका छन् । यी व्यक्तिले आफ्नी पत्नीको अरु कसैसँग अवैध सम्बनध भएको आशंकामा यसरी टा’उको काटेर हातमा टाउको लिएर सडकमा प्रदर्शन गर्दै हिँडेको बताइएको छ ।
इरान इन्टरनेशनलका अनुसार १७ वर्षकी मोना हैदरीलाई उनका पतिले इरानको दक्षिण पश्चिमी सहर अहवाजमा ह’त्या गरेको पुलिसले बताएको छ ।
स्थानीय पुलिसका अनुसार यो घटनामा २ आरोपीलाई गिरफ्तार गरिएको छ । दुवैसँग सोधपुछ जारी छ । इरानका मिडिया र सामाजिक संजालबाट घटनाको खबर र भिडियो सार्वजनिक भएपछि इरानी जनतामा आरोपीहरुविरुद्ध आक्रोश चुलिएको छ ।
मृतक मोना हैदरी
इरानको सुधारवादी पत्रिका डेली साजंदगीले लेखेको छ ‘एक महिलालाई का’टि’यो, उनको टाउको सडकमा प्रदर्शन गरियो र ह’त्या’रालाई आफ्नो कर्तुतमा लाज लागेन
हामी यस्तो अपराधलाई कसरी स्वीकार गर्न सक्छौं ? कुनै महिलाको यस्तो ह’त्या फेरि हुनु हुँदैन । यसका लागि सरकारले कडा कदम उठाउनुपर्छ ।’
प्रतिक्रिया