• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    यूएईद्वारा नेपालसामु १ सय ९३ रनको लक्ष्य

    623
    SHARES


    काठमाडौँ । चार देशीय शृङ्खालाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) ले नेपालसामु १ सय ९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो ।

    यूएईका लागि चिराग सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले यस क्रममा उनले ५ चौका र ५ छक्का हिर्काए ।

    त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।

    शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आइसीसी टी२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चार देशीय शृङ्खलामा सहभागी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ