• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अमेरिकी मन्त्रीले धम्काएको बिषयलाई लिएर कांग्रेसले दियो यस्तो यस्तो लज्जास्पद प्रतिक्रिया

    1.4K
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्न अमेरिकी विदेशमन्त्री डोनाल्र्ड लुलेले दिएको धम्कीलाई धम्की या दबाब भन्न नमिल्ने भन्दै लज्जास्पद प्रतिक्रिया दिएको छ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको र त्यो स्वभाविक भएको बताए।

    ‘एमसिसीबाट हामीले प्राथमिकतामा राखेका पूर्वाधारमा सहयोग आउन लागेको हो। यसमा नेपालका सबै दलको सहभागिता छ। तपाईंहरूले नै छानेको परियोजना, तपाईंले नै पास गर्छौं भनी गरेको प्रतिवद्धता हो तर किन यसमा समस्या भइरहेको छ भनी उहाँहरूले सोध्नु स्वभाविक हो,’ प्रवक्ता महतले भने,‘यसलाई दबाब भन्न मिल्दैन। उहाँहरूले चासो राख्नु भएको हो।’

    एमसिसी संसदबाट पारित गर्न कांग्रेसमा एकमत भएकाले अरू दलसँग छलफल गरेर प्रक्रिया अघि बढाउने महतले बताए।

    यसअघि बिहीबार अमेरिकी सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री देउवासँगै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरी फेब्रुअरी २८ सम्म एमसिसी सम्झौता संसदबाट पारित नभए फिर्ता हुने बताएका थिए। एमसिसी फिर्ता भए नेपाल-अमेरिका सम्बन्धमा पुनरावलोकन हुने लुको भनाइ थियो।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक फागुन १ गते बस्नेछ। उक्त बैठकबाट पेस भएका विभिन्न प्रस्तावमा निर्णय हुने महतले जानकारी दिए। अमेरिकी विदेशमन्त्री डोनाल्र्ड लुले नेताहरुलाई फोन गरेर धम्की दिएपछि नेपालको राजनीति माहोल एकाएक तातिएको छ ।

    लुको फोन आउने वित्तिकै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सहयोग गर्न आग्रह गर्दै सरणमा पुगेका छन् ।

    एमसीसीबारे निर्णय लिन आग्रह गर्दैै प्रचण्डले विहीबार सॉझ ओलीलाई फोन गरेका थिए । प्रचण्डले एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

    प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ ।

    ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (नेमाले) त निर्णय गरिहाल्छ ।’

    माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने मत बलियो छ भने एमालेले सरकार निर्णयमा पुगेपछि आफ्नो धारणा बनाउने अडानमा छ । तर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी पास गर्ने निष्कर्षमा पुगिसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ