काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघका तीनवटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिलेको सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गरे ।
‘आउँदो निर्वाचनमा हामी बहुमतले जित्छौं अरु के गर्लान् विचरा ! भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामी आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं ।
गठबन्धनसँगै लडेर बहुमत प्राप्त गर्नेछौं,’ उनले भने । उनले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि आग्रह गरे । ‘अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,’ ओलीले भने ।
उनले पार्टी विभाजनको असर कम नै रहेको दाबी गरे । ‘षड्यन्त्र रुपमा पार्टी विभाजन गर्दा पनि स्थानीय निकायमा पार्टीको वर्चश्व छ । विभाजनको असर दुई डिजिटभन्दा कम नै विभाजन भयो,’ उनले भने ।
गत चुनावमा पनि गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत स्थानमा विजय हासिल गरेको उल्लेख गर्दै ओलीले अब पनि त्यो स्थान कायम हुने दाबी गरे ।
प्रतिक्रिया