• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंका व्यापारीको विभत्स ह’त्या- २ महिलासहित ६ जना पक्राउ

    1.4K
    SHARES


    काठमाडौँ । काठमाडौँका व्यापारीको (व्यवसायी) विजय चौधरीको ह’त्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पक्राउ परेका ६ जनालाई बिहीबार सार्वजनिक गरेका हो ।

    पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र उनकी श्रीमती ३५ वर्षीय हदिसुन नेसा, रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौँका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेका छन् ।

    देवान दम्पतीलाई भारताट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए । उनीहरुले २० लाखको प्रलोभनमा परेर चौधरीको ह’त्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

    देवान दम्पतीले आफ्नै घरमा चौधरीलाई हात पछाडि बाँधी घाटीमा डोरीले कसेर ह’त्या गरेको र मोटरसाइकलमा राखेर जोकवार गाउँको बाटोमा लगेर शव फालेका थिए । त्यसलगत्तै उनीहरु भारत गएका थिए ।

    ऋणमा डुबेका देवान दम्पतीले पैसाको प्रलोभनमा चौधरीको ह’त्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ । उनीहरुबाट प्रहरीले १७ लाख ३३ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेका केवट दम्पती भने मुख्य अभियुक्त देवानका दिदी भिनाजु हुन् ।

    काठमाडौँ महानगरपाािलका–२७ असनमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय चौधरीको शव माघ १० गते नवलपरासीको रामग्रामा भेटिएको थियो । मृतक चौधरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ स्थायी बासिन्दा हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ