• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    अन्तत: कमल थापाको नयाँ पार्टीको टुंगो लाग्यो

    1K
    SHARES


    काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन्। दुई दिनअघि राप्रपा त्यागेको घोषणा गरेका थापाले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी गठन गर्ने निधो गरेका हुन्।

    बिहीबार महाराजगञ्जमा बसेको बैठकबाट थापाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको उनीनिकट नेता राजाराम बर्तौलाले बताए। बर्तौलाका अनुसार बिहीबार महाराजगञ्जमा राप्रपा पदाधिकारीबाहिर रहेका नेताहरूसँग थापाले छलफल गरेका थिए।

    सो छलफलबाट थापा नयाँ पार्टी गठन गर्ने निधोमा पुगेको बर्तौलाले बताए। ‘बैठकले हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निधो गरेको छ,’ उनले भने।

    बैठकले पार्टी दर्ता अधिकार थापालाई नै दिएको बर्तौलाले बताए। छलफलमा थापा र हालको राप्रपा कार्यसमितिबाहिर रहेका तीन दर्जन नेता सहभागी भएको बर्तौलाले जानकारी दिए।

    ‘बैठकमा विभिन्न नाम प्रस्ताव भएका छन्, त्यसमध्ये राष्ट्रिय एकता पार्टीमा लगभग सहमति जुटेको छ,’ उनले भने, ‘पार्टी कहिले दर्ता गर्ने भन्ने विषयको टुंगो लागेको छैन।’

    ३१ वर्ष राप्रपाको नेतृत्वमा रहेका थापा मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। आफू पराजित हुनुमा थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको भूमिका रहेको भन्दै छानबिन गर्न माग गरिरहेका थिए।

    निर्वाचित अध्यक्ष लिङ्देनलाई थापाले दुई पटक चिठी लेखेर छानबिन गर्न माग गरेका थिए। तर, लिङ्देनले माग सम्बोधन नगरेपछि थापाले राप्रपा परित्याग गरेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ