• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चितवन निकुञ्जमा गैंडा मारेको २३ वर्षपछि काठमाडौंबाट समातिए ‘न्यौपाने माइला’

    539
    SHARES


    चितवन । चितवनराष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।

    २०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वतर्फ खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो।

    उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका-२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए।

    निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए। न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको पौडेलले बताए।

    नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र माघ १७ गते रिपोर्ट नेगेटिभ आएपछि १८ गते जिल्ला कारागार भरतपुर पठाइएको पौडेलले बताए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ