• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    लता मंगेशकरको पार्थिव शरीरमा शाहरुख खानले थुकेका हुन् ? यस्तो रहेछ वास्तविकता

    1.5K
    SHARES


    लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो विवाद निम्तिएको छ ।

    बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले ट्वीटले यो विवादलाई निम्त्याएको थियो । उनले श्रद्धाञ्जलि दिँदै गरेका शाहरुख खानको भिडियो सेयर गर्दै लेखे, ‘के शाहरुख खानले थुकेका हुन् ?’

    शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजा ददलानीसँग पुगेका थिए । एकातिर शाहरुखका हात प्रार्थनाका लागि खुल्ला थिए भने पूजा ददलानीले हात जोडेर लतालाई अन्तिम श्रद्धाञ्जलि दिइरहेकी थिइन् । त्यसपछि शाहरुख खानले मास्क हटाएर फुके ।

    उनले फुकेको कुरालाई थुकको नाम दिएर शाहरुखलाई मानिसले ट्रोल गर्न थाले । यद्यपि, अर्को एउटा तप्काले उनको र पूजा ददलानीको तस्बिरलाई भारतको वास्तविक अनुहार भनेर तारिफ पनि गरिरहेका थिए ।

    यो विवादमा थुप्रै चर्चित अनुहार पनि होमिए र शाहरुखको आलोचना गर्न थाले । शिवसेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले ट्वीट गरिन्, ‘केही मानिस न दुआका काबिल छन् न दयाका, उनीहरुलाई दवा (औषधी) को आवश्यकता छ, मनको विष नष्ट गर्नका लागि ।’

    यस्तै, द वायरका संस्थापक वरिष्ठ पत्रकार सिद्धार्थ वरदराजनले लेखेका छन्, ‘यो घिनलाग्दो ट्वीट बिजेपीका एक अधिकारीको हो । यसमा अब कुनै शंका छैन कि समाजमा कस्ता मानिसले फोहोर विष फैलाइरहेका छन् । यदि अरुण यादव दुआसँग अनभिज्ञ छन् भन दवा गर्नुभन्दा अघि कसैलाई सोध्न सक्दथे ।’

    जफर सुरेशवालाले लेखेका छन्, ‘केही धर्मात्मा मानिस भारतको एकताको यो सुन्दर दृश्यलाई पचाउन सकिरहेका छैन । साँच्चै नै लता मंगेशकर ती व्यक्ति थिइन् जसले मानिसलाई जिउँदो हुँदा एकताको सूत्रमा बाँधिन् र मरेपछि पनि यस्तो गर्न जारी राखिन् ।

    शाहरुख खान पनि यसैमध्ये एक हुन् ।’ फिल्म निर्माता अशोक पण्डिले पनि शाहरुख खानको आलोचना गर्नेलाई जवाफ फर्काए । राणा सफवीले लेखेका छन्, ‘ईश्वर अल्लाह तेरो नाम, सबको सन्मति दे भगवान । ’

    कांग्रेसकी प्रवक्ता सुप्रिया श्रीनेत्रले पनि शाहरुख खानको पक्षमा ट्वीट गर्र्दै उनीमाथि प्रश्न उठाउनेहरुमाथि नै प्रश्न उठाइन् । रेडियो जकी सायमाले लेखेकी छिन्, ‘प्रार्थना गर्दा फुक्ने परम्परालाई थुक भन्नेहरुको सोच थुक्न लायक छ । यिनीहरु विष र घृणाको खेती गर्छन् ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ