• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    १० हिन्दु मन्दिरमा तोडफोड, त्रसित बने पुजारी

    889
    SHARES


    काठमाडौं । क्यानडाको ग्रेटर टोरन्टो एरिया जीटीएमा रहेको हिन्दु मन्दिरहरुमा तो’ड’फोड भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार पछिल्लो दश दिनको अवधिमा क्यानडामा दश वटा मन्दिरमा तो’ड’फोड भएपछि त्यहाँका पुजारी र हिन्दु समुदाय त्रसित बनेका छन्।

    आ’क्र’मणकारीहरुले मन्दिरको दान पेटीबाट पैसा चोरेको र मूर्तिमा लगाइएको आभूषणहरु पनि चोरेको जनाइएको छ। क्यानडाका हिन्दु मन्दिरहरुमा गत जनवरी १५ बाट आ’क्र’मण सुरुवात भएको हो।

    प्रहरीका अनुसार २५ जनवरीमा ब्रैम्पटनमा रहेको मन्दिरमा पनि आ’क्रमण भएको थियो। लगत्तै ब्रैम्टनमै रहेको जगन्नाथ मन्दिरमा पनि आक्रमण गरेको जनाइएको छ। बदमाशहरुले यतिबेला हिन्दु समुदायमा त्रा’स उत्पन्न गरेका छन्।

    हिन्दुस्तान टाइम्सका अनुसार यो आ’क्र’मणमा दुईदेखि तीन व्यक्तिहरु सामिल भएको भिडिओ फुटेज सार्वजनिक भएको छ। बिहान २ देखि ३ बजेको समयमा यस्तो आ’क्र’मण हुने गरेको पाइएको छ।

    हालसम्म यस घटनामा संलग्न भएका कोही गिरफ्तार भएका छैनन्। मन्दिरहरुमा यतिबेला सुरक्षा व्यवस्था कडा पारिएको छ भने आ’क्र’म’णकारीको खोजी भइरहेको छ।

    त्यस्तै बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ । उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो ।

    यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् । राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए ।

    जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार संघर्ष गरिरहेका छन् । लकडाउनका क्रममा प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको विषयलाई लिएर कन्जर्वेटिभ पार्टीका सांसद उनलाई पदबाट हटाइने छ या छैन भन्नेबारे बहस गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ