काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्।
महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ। सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ।
महत यसअघि कांग्रेस सहमहामन्त्री थिए। यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा थिए। शर्मा अहिले कांग्रेस महामन्त्री छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गरेका छन् ।
थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसीसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ ।
पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको भनाइ छ । उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले भनेका छन्, ‘उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ ।’
प्रतिक्रिया