• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    देउवाका ज्योतिषले फेरि यस्तो भविष्यवाणी गरिदिएपछि सबै चकित, तनावमा देउवा

    1.1K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषले ओलीको बालुवाटार प्रवेश शुभ मुहूर्त र शुभ समय पारेर भएको बताएका छन् । ज्योतिष सुरेश चन्द्र रिजालले आइतबार साँझ सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन ।

    रिजाल भन्छन
    “सन्दर्भ : प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ताको सङ्केत ! शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक केपी शर्मा ओली शुभ समय र शुभ मुहूर्त पारेर बालुवाटार प्रवेश गर्नुभएको छ ।

    प्रधानमन्त्रीबाट बहिर्गमनपछि असार ३० गते ओली बालुवाटार छोडेर आफै निवास बालकोट सर्नु भएको थियो । बालुवाटारमा पहिलो पटक पुर्णतिथि,सूर्यग्रहको बार आइतबार,शुभ दिशामा बसेका चन्द्रमा ज्ञान,बुद्धि सकारात्मक सोचकी अधिष्ठात्री सरस्वती जयन्तीको शुभ समय पारेर बालुवाटार प्रवेश पछिको छल फलाई शुभ सङ्केत तथा सकारात्मक रूपमा हेरिरहेको छ । अतः सरस्वती जयन्तीको शुभ समयमा सकारात्मक भेटघाटले देशलाई नयाँ दिशातर्फ अगाडि बढाउने सङ्केत देखिएको छ ।”

    त्यस्तै यता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् । कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ ।

    तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो । नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद १ नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसीजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’ भट्टराईले लेखेका छ्न् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ