• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भित्रभित्र राष्ट्रघात गरेको भन्दै प्रचण्डलाई बाबुरामले हाने झापड

    1.6K
    SHARES


    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘भित्र खाओवाद, बाहिर माओवाद’ भन्दै कटाक्ष गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात’ भनेका हुन् ।

    कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।

    नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !,’ भट्टराईले लेखेका छ्न् ।

    यता अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई साढे चार महिनाअघि लेखेको पत्रबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रष्टिकरण दिएका छन्।

    आइतबार साँझ प्रष्टिकरण जारी गर्दै प्रचण्डको सचिवालयले प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति र प्रचण्डले पठाएको पत्रको विषयलाई धेरै उछाल्न जरूरी नभएको बताएको हो।

    ‘वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै अर्थ छैन,’ प्रष्टिकरणमा भनिएको छ, ‘हामीले देश र जनताको हितलाई सर्वोपरी ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं।’

    प्रचण्डको सचिवालयले परिमार्जन बिना एमसिसी पारित गर्न नहुनेमा आफ्नो पार्टी दृढ समेत रहेको उल्लेख गरेको छ।

    प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा एमसिसी पारित गर्नुपर्ने दबाब भएको हुँदा उक्त पत्र लेखिएको प्रचण्डको सचिवालयको जिकिर छ।

    ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नैपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो,’ प्रष्टिकरणमा उल्लेख छ,‘पत्रमा एमसिसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो।’

    गत असोज १३ मा देउवा र प्रचण्डले एमसिसीलाई पठाएको पत्रमा सम्झौता पारित गर्न आफूहरूलाई चार/पाँच महिनाको समय दिन अनुरोध गरिएको थियो। सोही पत्रमा देउवा र प्रचण्डले एमसिसी पारित हुने वातावरण बनाउन आफूहरूले विभिन्न काम गर्ने प्रतिवद्धता पनि जनाएका थिए।

    देउवा र प्रचण्डले मागेको पाँच महिनाको समय फेब्रुअरी २८ मा सकिने भन्दै एमसिसीले यतिञ्जेलसम्म एमसिसी नेपालको संसदबाट अनुमोदन नभए मार्चमा बस्ने बोर्ड बैठकले अर्को कदम चाल्ने बताएको छ।

    एमसिसी पारित गर्ने विषयमा प्रचण्डको पार्टी माओवादी केन्द्रभित्र चर्को मतभेद छ। पार्टीभित्र सहमति नभएका बेला एमसिसीलाई पठाएको पत्र सार्वजनिक भएपछि प्रचण्ड दबाबमा परेका हुन्।

    आइतबार बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलमा प्रचण्डले एमसिसीलाई चुनावपछिमात्रै पारित गर्ने प्रस्ताव राखेका थिए।

    प्रमुख प्रतिपक्षीसमेतको सहमतिमा फेरि एमसिसी कार्यालयलाई समय बढाउन प्रस्ताव पठाउने कुरा प्रचण्डले गरेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

    ”अध्यक्ष कमरेड प्रचण्डको सचिवालय MCC लाई लेखेको पत्रबारे प्रस्टीकरण:
    २९ सेप्टेम्बर २०२१ मा MCC मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि MCC पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा MCC का लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो।

    देशमा एकातिर MCC बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले MCC बारे गठन गरेको कार्यदलले पनि यसलाई “परिमार्जन बिना पारित गर्न नसकिने” निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन। यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन।

    हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं। यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ। यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पुर्ण पार्टीपङ्ती र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं। – अध्यक्ष कमरेड प्रचण्डको सचिवालय”

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ