• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमसीसीबारे देउवा,प्रचण्ड र ओलीसहितको बैठकले के गर्यो निर्णय ?

    1.7K
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्ष समेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताहरूबीच आइतबार ४ बजेदेखि छलफल भएको हो। उनीहरूको छलफल ६ बजेपछि सकिएको छ।

    उनीहरूबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसिसी र एमालेले गरिरहेको संसद अवरोधलगायत विषयमा छलफल भएको बताइएको छ।

    बैठकमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी थिए।देउवा प्रधानमन्त्री बनेपछि देशका समसामयिक विषयमा संसदका तीन ठूला दलका शीर्ष नेताले सँगै बसेर छलफल गरेको यो पहिलो पटक हो।

    एमाले अध्यक्ष ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्ने गरेका थिए। प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गर्दै आएको थियो।

    असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएपछि अर्को दिन ओलीले बालुवाटार छोडेका थिए। सात महिनापछि ओली पहिलो पटक आइतबार बालुवाटार फर्किएका हुन्।

    सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव गरे ।

    एमसीसीका सन्दर्भमा उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ,’ एमाले महासचिव शंकर पोखरेलले भने ।

    सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ । निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले मिति घोषणा गर्न लागेको हो । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्नेछ ।

    आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटले मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । चुनावको सन्दर्भमा यसअघि नै गठबन्धनमा पनि सहमति भइसकेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ