• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देउवासँग मिलेर प्रचण्डले अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि नारायणकाजीले दिए यस्तो प्रष्टिकरण

    1K
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई पठाएको भनी सार्वजनिक गरिएको पत्रका कारण माओवादी केन्द्र पार्टीको दृष्टिकोणका बारे भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन् । साथै, उनले एमसीसीको विषयमा माओवादी केन्द्रको अडान कायमै रहेको बताउदै यथास्थितिमा एमसीसी संझौता स्विकार गर्न नसकिने बताएका छन् ।

    उनले लेखेका छन्, ‘प्रम देउवा र अध्यक्ष क•प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन ,सकिदैन ।’

    बालुवाटारमा तीन दलका नेताहरुको छलफल जारी छ । केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता समेत रहेका सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

    नेताहरुबीच एमसीसी, स्थानीय निर्वाचन र संसद अवरोध खुलाउने तीन एजेण्डा रहेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जनाएकी छन् ।

    एमसीसीबारे तीन दलका नेताहरुको बुझाई फरक फरक छ भने स्थानीय निर्वाचनका सम्वन्धमा तीनै दल लगभग एक ठाउमा रहेपनि प्रमुख प्रतिपक्षबाट भइरहेको संसदको अवरोध खुलाउने विषयमा पनि दलहरु एकमत छैनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ