• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत समाचार

    चर्चित भारतीय गायिका लता मंगेशकरको निधन

    1.5K
    SHARES


    एजेन्सी । भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।

    केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको थियो। मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो।

    उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो। औपचारिक शिक्षा हासिल नगरेकी मंगेशकरले भने बलिउड सिनेमाका लागि गीत गाएकी थिइन्। जुन कुरा उनको परिवारलाई सुरूमा मन नपरेको उनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन्।

    सन् १९४९ मा उनले महल भन्ने सिनेमा लागि उनले पहिलो पटक गीत गाएकी थिइन्। त्यही गीतले उनलाई चर्चा चुलिएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्।

    मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्। राजा महेन्द्रले लेखेको ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ…’ गीतमा मंगेशकरले स्वर भरेकी थिइन्। अरू नेपाली गायक/गायिकासँग पनि उनले गीत गाएकी छन्।

    मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन्। मंगेशकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ