• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा हतियारसहित पक्राउ

    13.1K
    SHARES

    काठमाडौँ, ३० फागुन ।

    काठमाडौं गौशालास्थित एक होटलमा गोली चलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार होटेल पशुपति भिजनमा गोली चलेको हो ।

    होटेलमा गोली चले लगत्तै प्रहरी घटनास्थलमा पुग्दा त्यहा गुण्डा नाइके गणेश लामा हतियारसहित भेटिएपछि उनलाई पक्राउ गरिएको छ । लामामालाई पक्राउ गर्न खोज्दा उनि भाग्न खोजेका थिए । भाग्न खोजे गोली हान्ने प्रहरीको चेतावनीपछि उनि त्यहाबाट भाग्न सकेनन् ।

    गुन्डा नाइके लामाको साथबाट प्रहरीले एक थान पेस्तोल र ६ राउण्ड गोली बरामत गरेको छ  । पेस्तोलसँगै लामा चढ्ने बा ३ च १७२ नम्बरको गाडी समेत बरामत गरेको प्रहरीले बताएको छ । उनलाई प्रहरीले लामो समयदेखि खोजि गरिरहेको थियो ।

    पेस्तोलसहित पक्राउ परेका लामाले प्रहरीलाई अनौठो बयान दिएका छन् । आफुलाई दुई युवकले गोली प्रहार गर्दा आफुले उक्त पेस्तोल खोसेर प्रहरीलाइ दिन ल्याएको प्रारम्भिक बयानका क्रममा बताएका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले उनि पक्राउ परेको पुष्टी गरेका छन् । थापाका अनुसार होटेलमा गोली चलेको  आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो । घटनाबारे विस्तृतमा बुझ्न प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल पनि गौशला वृत्त पुगिसकेका छन् ।

    प्रहरी त्यहाँ पुग्दा लामासँग एक थान पेस्तोल, त्यसको ६ राउण्ड गोली र केही खोका फेला परेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । लामा पशुपति भिजन होटलमा रहेको जिमखानामा साँझ जाने गरेका थिए ।

    उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए।

    लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनेका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । बिगतमा विजय कुमार गच्छदार निकट रहेका लामा हाल नेपाली काँग्रेसमा आबद्ध छन् ।

    प्रतिक्रिया