• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पत्रकार विश्वकर्माको निधनप्रति श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण

    582
    SHARES


    काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गरिएको भन्दै श्रमजीवी पत्रकार संघले संघ सिभिल अस्पतालको ध्यानाकर्षण गराएको छ ।

    संघले विश्वकर्माको उपचार नगरी आइसीयु छैन भन्दै फर्काएको घटनाप्रति आपत्ति जनाउँदै छानविनको माग गरेको छ । ‘उपचार नगरिएको घटनाको उचित छानबिन गरी दोषीलाई कडा कारबाहीको मा गर्दछौं ।

    पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालले अस्पताल गेटमा धर्ना दिने छ,’ संघका अध्यक्ष जन्मदेव जैशीले भने ।

    व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आइसुलेशनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आगामी आइतबार श्रमजीवी-पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठकबाट ठोस निर्णय गरेर न्यायका लागि पहल गर्ने अस्पताल प्रशासनले बचन दिएको उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ