• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    एमालेले बनायो यस्तो नयाँ कीर्तिमान

    294
    SHARES


    काठमाडौँ । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।

    त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।

    यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका सबै बैठकमा अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३ दिन पुगिसकेको छ ।

    नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन् । विघटनपछि पुनःस्र्थापित प्रतिनिधि सभाको नवौँ र १०औँ अधिवेशनमा पनि एमालेको अवरोध जारी छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले त्यसका लागि कुनै तयारी नगरेको बताएका छन् ।

    संखुवासभामा सोमबार एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार चुनावमा जान डराएको आरोप लगाएका छन् ।

    उनले कानून अनुसार स्थानीय तहको निर्वाचन फागुनमा हुनुपर्ने भए पनि त्यो समयमा चुनाव हुने सम्भावना आफूले देखेको जनाए । ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ,’ उनले भने ।

    अध्यक्ष ओलीले सरकार स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन खोजिरहेको दाबी गरे ।

    उनले स्थानीय तहको जिम्मा कर्मचारीलाई दिएर जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र भइरहेकोसमेत आरोप लगाए ।

    २०५४ पछि २० वर्षमा स्थानीय तह निर्वाचन २०७४ मा भएको स्मरण गर्दै उनले भोट हाल्न लायक पार्टी एमालेमात्रै भएको दाबी गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया