• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    सर्वोच्चको यस्तो आदेशले अमेरिकी राष्ट्रपति बाइडेनलाई झट्का, अब के गर्लान ?

    853
    SHARES


    न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो ।

    कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा सो नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यलयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।

    सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेको छ । सर्वोच्चका नौ न्यायाधीशमध्ये ६ जनाले राष्ट्रपतिको नीतिविरुद्ध फैसला गरेका थिए । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशको स्वागत गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई क्षति पुर्‍याउने बताएका छन् ।

    ‘सर्वोच्चको पछिल्लो फैसलाको हामी सम्मान गर्छौ ।’ सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने बाइडेन प्रशासनको नीतिलाई भने अदालतले स्वीकृत जनाएको छ ।यस्तै भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ९० हजार ९१६ जना कोरोनामुक्त भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या १२ लाख ८० हजार नाघेको छ ।

    हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ६५ लाख ७१ हजार ४२३ पुगेको छ । तीमध्ये ३ करोड ४८ लाख निको भइसकेका छन् भने ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया