• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय रोचक-विचित्र

    काबुल विमानस्थलमा बाबुआमाबाट छुटेका बालक पाँच महिनापछि यसरी परे फेला

    186
    SHARES


    काबुल । काबुलमा यही अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जामा लिएपछि प्रायः अफगानी देश छोड्न खोजिरहेका थिए ।

    देश छोडेर हजारौं मानिस विमानस्थल जाने क्रममा भिडभाड बढेपछि दुई महिनाका बालक सोहिल अहमादीलाई काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिइएको थियो ।

    अमेरिकी दूतावासमा सुरक्षाकर्मीको रुपमा काम गरेका उनका बाबु भिर्जा अली अहमद, आमा सुराया र उनीहरुका अरु चार जना काबुल छोड्ने अमेरिकी विमानको एउटा उडानमा चढिसकेका थिए । उनीहरुले सोहिल देखेनन् । सोहिलको खोजी भयो, तर भेटिएनन् । विमान अमेरिकातर्फ उडिहाल्यो । छोरा कहाँ छुटे उनीहरुलाई केही थाहा भएन् ।

    हराएको सानो बालकका कारण उनीहरु महिनौं तड्पिए तर फेला परेन, रोयर्टसको एउटा समाचारमा हराएका ती बालकबारे एउटा विवरण सार्वजनिक भयो । सोहिलबारे परिवारको खोजी भन्ने शीर्षकमा रोयर्टसको समाचार विवरणपछि यही नोभेम्बरमा ती बालक २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा फेला परेको कुरा बाहिर आयो ।

    विमानस्थलको एउटा मैदानमा रोइरहेका अवस्थामा साफीले बालकलाई देखेका आफुले लिएका थिए । बालकका परिवार खोज्ने क्रममा उनले सोहिललाई आफ्नो घरमा लगे । लामो खोजी गरे । बालकको जिम्मा लिने कोही भेटाएनन् । त्यसपछि सोहिललाई आफ्नै सन्तान झैं गरेर पाल्ने निधो गरे ।

    श्रीमतिसँग सल्लाह गरेर उनले बालकको नाम मोहमद अबेद राखेर आफ्ना सन्तानसहित सोहिलको तस्विर पनि आफ्नो फेसबुक पेजमा पोस्ट गरे । त्यसपछि उक्त बालक त्यहा भएकोबारे उनका आफन्तले सुइँको पाए ।

    आफ्नो नाती जिवितै फेला परेको थाहा पाएपछि उनका हजुरबुबा क्वासेम रजवी उत्तरपूर्वी प्रान्त बादक्सानबाट लामो यात्रा गरेर साफीको घर पुगे । तर, साफीले सोहिललाई दिन मानेनन् । बरु आफू र आफ्नो परिवारलाई पनि अमेरिका लगिनुपर्ने माग गरे ।

    ४९ दिन लामो वार्ता तथा छलफलपछि तालिवान प्रहरीले दुई परिवारबीचको समस्या समाधान गर्यो । सहमतिबमोजिम शनिबार साफीले हजुरबुबालाई बालक फिर्ता गरिदिए ।

    आफ्नो सन्तान पाँच महिनापछि फेला परेकोमा उनका आमाबाबु निकै खुसी छन्, यद्यपी उनीहरु अमेरिकामा नै छन् । ‘उनीहरु अहिले नाचगान गरेर रमाएका छन्,’ उनका हजुरवुवाले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया