• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै

    336
    SHARES


    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन्। धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२ र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो। बिहीबार देशभर १४ हजार ३ सय ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।

    यस्तै २७१ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।

    कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ ।

    यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया