• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो

    178
    SHARES


    काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख पुगेको छ । पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा २९ लाख ८९ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख १६ हजार पुगेको हो ।

    हालसम्म २६ करोड २७ लाख ५ हजार जना संक्रमित निको भएका छन् भने ५५ लाख २९ हजार जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ५ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ७ लाख १५ हजार, भारतमा २ लाख ४१ हजार, बेलायतमा एक लाख २९ हजार र इटलीमा एक लाख ९६ हजार छन् । त्यसैगरी स्पेनमा १ लाख ७९ हजार, फ्रान्समा ३ लाख ६१ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार र टर्कीमा ७७ हजार नयाँ संक्रमित थपिएका छन् ।

    मृत्यु हुनेमा अमेरिकामा २ हजार ९३, भारतमा ८५, रुसमा ७४५, फ्रान्समा २४६, इटलीमा ३१३, जर्मनीमा ३३१, टर्कीमा १४५, ब्राजिलमा १३८ र बेलायतमा ३९८ जना छन् । उता बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक मदिरा पार्टीलाई लिएर माफी मागेका छन् ।

    यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएका प्रतिबन्धहरु जारी थिए । बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो ।

    प्रधानमन्त्रीसँग प्रश्न कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए । उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए । उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे । उनले घटनाको जिम्मेवारी आफूले लिने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया