• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अध्यक्ष नपाएपछि राजनीतिबाटै सन्यास लिने नेता श्रेष्ठको घोषणा

    566
    SHARES


    रूपन्देही । नेकपा एमालेको अध्यक्ष दाबी गरेका नवलपुरका नेता जीवन श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत अध्यक्ष नपाएपछि सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेको जनाएका हुन् ।

    उनी यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष भइसकेका थिए । यसअघि संविधानसभा सदस्य रहेका श्रेष्ठले मंगलबार साँझ सामाजिक सञ्जालमा अब सक्रिय राजनीतिमा नरही जनताको सेवामा रहने घोषणा गरेका हुन् ।

    ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु’, श्रेष्ठले सामाजिक सन्जालमा पोष्ट गरेका छन्। एमाले नवलपुर अध्यक्षमा निवर्तमान सचिव श्रेष्ठ र निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहामगरले दाबी गरेका थिए।

    उनीहरूबीच सहमति नभएपछि अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेपछि उनले यस्तो धारणा बाहिर ल्याएका हुन् । उमेरले ६५ पुगेका जिल्लाका पाका र अनुभवी नेताले पार्टी छोड्दा ठूलो घाटा हुने प्रेस चौतारीका नेता विद्रोही गिरीले बताए ।

    जिल्ला अधिवेशनले मुक्तिराम पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा मनवीर थापामगर, सचिवमा भीमलाल अधिकारी, उपसचिवमा भीमलाल कडेँल र यमुनाथ आचार्यसहित एक सय पाँच जनाको जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।

    एमालेका केन्द्रीय सदस्य, नवलपुर इञ्चार्ज एवम् अध्यक्ष मण्डलका अध्यक्ष तिलबहादुर महत क्षेत्री (तिलक) ले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ ग्रहण गराएका थिए । अध्यक्षले बाँकी पदाधिकारी र सदस्यको सपथ ग्रहण केही दिनपछि गराउने एमाले नवलपुरका जिल्ला सदस्य विद्रोही गिरीले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया