• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    पर्यटनमन्त्री आलेको गाडीलाई ठक्कर दिने चालक पक्राउ

    850
    SHARES


    काठमाडौँ । पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घटनामा परेको छ । कैलालीको धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आले सवार गाडी दुर्घटनामा परेको हो ।

    मन्त्री आले हिजो आज बतास काण्डमा उनले लिएको एक्सनका कारण चर्चित छन्। नारायणहिटी दरबार संग्राहलय भित्र रेस्टुरेण्ट खोल्ने योजनामा उनले रोक लगाएका थिए। दुर्घटनामा मन्त्री आले भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    राति करिब सवा ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।

    एसपी अधिकारीका अनुसार गाडीमा क्षति पुगे पनि मन्त्री आलेसहित उनको गाडीमा सवार सबै सकुशल रहेका छन् । ठक्कर दिने कारका चालक पवन कठायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगर जाँदै थिए । महेन्द्रनगरमा हुने एक कार्यक्रममा सहभागी हुन् जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।

    त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका छन् । बुधबार विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच मन्त्री आलेले स्तरोन्नति कार्य शुभारम्भ गरेका हुन् ।

    उनले सुदूरपश्चिम प्रदेशले धेरै सम्भावना बोकेको उल्लेख गर्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सहज हुने बताए । उनले कुनै पनि योजना अघि बढाउँदा दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५०० मिटरसम्म बनाइनुपर्ने र राजमार्गबाट विमानस्थल आउने सडक पनि चार लेनको बनाउनुपर्नेमा जोड दिए ।

    २०३० सालदेखि २०५६ सालसम्म सञ्चालनमा रहेको सो विमानस्थल त्यसयता बन्द छ । सो विमानस्थललाई स्तरोन्नतिसहित सञ्चालन गर्ने योजना सरकारले अघि बढाएको हो । तत्कालका लागि विमानस्थलको रनवे, ट्याक्सी–वे, एप्रोन लगायतका पूर्वाधार निर्माण सुरु गरिने भएको छ ।

    तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा पहिलो चरणको काम ठेक्का सम्झौता भएको आयोजनाका निर्देशक मुरारी भण्डारीले जानकारी दिए ।

    दोस्रो चरणमा टर्मिनल भवन, सुरक्षा भवनसहित आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । विमानस्थल स्तरोन्नतिका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ र स्थानीय तहले २५ प्रतिशत लगानी गर्नेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया