• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पहिलोपटक सिंहदरबार पुगेका पुर्वराजा ज्ञानेन्द्रलाई आपत

    4.5K
    SHARES


    काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण गरेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् ।

    पृथ्वीनारायण शाहले चलाएको नेपालको शाह वंशीय राजतन्त्रमा ज्ञानेन्द्र अन्तिम राजा हुन्। आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उनी पहिलोपटक सिंहदरबार गएका हुन्।

    समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका पुर्वराजा शाहलाई सिंहदरबारबाट बाहिरिन हम्मेहम्मे परेको थियो । उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका थिए ।

    राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत गणतन्त्र विरोधी नारा लगाएका थिए ।

    शाहका संवाद सचिव फणिराज पाठकले यो वर्ष पृथ्वीनारायणको ३०० औं जन्मजयन्ती भएकाले पूर्वराजा ज्ञानेन्द्र सालिकमा माल्यार्पण गर्न सिंहदरबार गएको बताए।

    विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।

    त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

    पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए ।

    त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

    राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तिको दिन सार्वजनिक विदा दिने गरिन्थ्यो। गणतन्त्र आएपछि विदा कटौती गरिएको छ। पछिल्लो समय पृथ्वी जयन्तिलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु पर्ने माग उठिरहेको छ।

    पूर्वराजा  शाहले प्रणालीको नाम लोकतन्त्र वा अन्य जे सुकै भएपनि त्यसले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुने बताएका छन्। उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बनेको शाहको भनाइ छ।

    ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले अहिलेको तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्व गर्न नहुने बताएका छन्।

    ‘राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन। जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जे सुकै चयन गरिनु, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’पूर्वराजा शाहले भनेका छन्,‘प्रणाली केवल साधन हुन्। साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्।’

    राष्ट्रियताका आधारहरु माथि प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उनले भनेका छन्।

    ‘राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं। देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्,’ शाहले सन्देशमा भनेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया