• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    ज्योतिष विज्ञान

    यो हप्ता ७ यी राशि भएका व्यक्तिहरुको खुल्दैछ भाग्य, हेर्नुहोस् राशिफल

    511
    SHARES


    मिति २०७८ साल पुस महिनाको २५ गते आइतबार देखि माघ १ गते शनिबार सम्मको साप्ताहिक राशिफल । यो साता चम्किँदै छ यी ७ राशिको भाग्य, तपाइको कस्तो छ यो साता हेर्नुहोस् साप्ताहिक राशिफल ।

    मेष : साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सोमबारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।

    वृष : यो साता सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयरको कारोबारबाट सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

    मिथुन : यो समय निकै उत्साहजनक रहनेछ मनोरञ्जनमा सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनसक्छ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

    कर्कट : यो साता शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    सिंह : यो साता सहकर्मीबाट विरोध आउला । आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कन्या : यो साता नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    तुला : यो साता पुनर्मिलनको योग रहेको छ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा पनि परिएला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य गर्नाले राम्रो हुनेछ ।

    वृश्चिक : यो सातामा महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पुँजी बजार या वित्तीय संस्थाबाट राम्रै लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

    धनु : यो सातामा मिश्रित फल मिल्नेछ । आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्य सम्पादन हुनेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरी गरेको कार्यबाट लाभ मिल्नेछ ।

    मकर : यो साता रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

    कुम्भ : यो साता दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउन सक्छन् । पुँजी बजारले पनि साथ नदेला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पर्पल वा खैरो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मिन : यो हप्ता कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धन आर्जन हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया