• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    रोमाविरुद्ध एसी मिलान हाबी

    245
    SHARES


    काठमाडौँ । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३-१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको हो ।

    घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए ।

    खेलको आठौं मिनेटमा जिाराउडको पेनाल्टी गोलबाट मिलानले अग्रता बनायो । १७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानले २-० को अग्रता बनायो । ४०औं मिनेटमा अब्राहमले गोल गरेपछि खेल पहिलो हाफमा २-१ को अवस्थामा पुग्यो ।

    खेलको ७४औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड पाउँदा रोमा १० खेलाडीमा समेटियो । यसको फाइदा उठाउँदै ८२औं मिनेटमा राफयल लियोले गोल गरेपछि मिलानले खेलमा ३-१ को अग्रता लियो ।

    ९० मिनेटपछिको इन्जुरी समयमा जियानलुका मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा समेटियो । इन्जरी समयको अन्तिम समयमा ज्लाटान इब्राहिमोभिचले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मिलानले अर्को अवसर गुमायो ।

    जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंक सहित शीर्षस्थानमा छ । पराजित रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया