• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेश

    घट्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेकाे छ कारोबार ?

    471
    SHARES


    काठमाडौँ । नेपाली बजारमा आज (मगंलबार) सुनको मूल्य ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया