• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    स्टेजमै कु’टिए चर्चित गायक राजेशपायल राई

    1.7K
    SHARES


    काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईमाथि हा’त’पात भएको छ । नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राईमाथि हा’त’पात भएको हो ।

    न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट अँगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए ।

    ती व्यक्तिलाई कार्यक्रममा सहभागी दर्शकले हातपातबाट हुनबाट जोगाएर त्यहाँबाट निकालेका थिए । सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपात गर्ने प्रयास गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

    मेगास्टार (राई इज किङ) भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् । गायक राईलाई हातपात कसले किन गर्यो भन्नेबारे खुल्न बाँकी छ ।

    यस्तै यता लागू औषध कारोबार र प्रयोगमा आरोपमा बुधबार पोखराबाट पक्राउ परेका र्‍यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना देखिएको छ ।

    प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्‍यापर लाउरेका नामले परिचित आशिष राना मगर ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो ।

    बुधबार राती कास्कीको न्युरोडस्थित एक घरबाट र्‍यापर लाउरे र उनीसँगै रहेकी एक युवतीलाई पनि पक्राउ गरिएको थियो । उनीहरूसहित लागू औषधको कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । र्‍यापर लाउरे संलग्न रहेको उक्त लागू औषध प्रकरणमा करिब १५ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको बताइएको छ ।

    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ । प्रहरीले प्रयोगकर्ता र डिलरको चेन खोज्दै जाने क्रममा युवतीसँगै रहेका र्‍यापर लाउरे पक्राउ परेका हुन् ।

    उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । बिहीबार तमु ल्होसारको बिदा परेको कारण शुक्रबार लाउरेको म्याद थपेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

    लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ ।

    दफा १४ को उपदफा १(छ) को बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

    तर यदि र्‍यापर लाउरेले कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया