• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights गण्डकी समाचार

    मनाङमा भेँडीगोठ गएका एक जना सम्पर्कविहीन

    427
    SHARES


    लमजुङ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए । बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन् ।

    डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने बेलामा हिउँ परिरहेकाले हिमपहिरोमा परेको प्रहरीको अनुमान छ । बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    यस्तै चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयातमा प्रभावित भएको छ । मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन् ।

    केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएको छ,’ उनले भने । हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए ।

    ‘सामान लोड भएर बसेका गाडि केरुङबाट रसुवागढी आउन सकेको छैन, हिमपात भइरहेकाले लोड हुन सकेको छैन भनेर जानकारी आएको छ, उनले भने, हिउँ छ, यातायात अवरुद्ध भएको छ भनिएको छ, अब कति दिन लाग्छ भन्ने यकीन छैन ।’

    अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केहि दिन नेपाल सामान आयातमा प्रभावित हुने देखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया