• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    परमिता राणाको चेतावनी- पैसा नदिनेको नाम सार्वजनिक गरिदिन्छु

    1.6K
    SHARES


    काठमाडौँ । नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूलाई पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् । परमिताले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा यस्तो चेतावनीयुक्त मेसेज पोस्ट गरेकी छिन् ।

    परमिताले आफूले मोडिलिङ र अभिनय गरेबापत् पाउनुपर्ने पारिश्रमिक समयमा नै नपाएकोमा असाध्यै दिक्क र वाक्क भएको बताएकी छिन्।

    आफूले निकै गाह्रोगरी कमाएको आफ्नो पैसा पनि भिक मागे जसरी मागिरहनुपर्ने कुराले पनि उनलाई दुःखी तुल्याएको बताएकी छिन् । उनले चेतावनी दिँदै लेखेकी छिन्, ‘म आजित भइसकेँ । असाध्यै आजित भइसकेँ ।

    अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु ।’ यस्तो गर्नुपर्दा आफूलाई पनि नराम्रो लागेको बताउँदै यो नै अन्तिम उपाय भएको बताएकी छिन् ।

    नेपालमा मोडलिङ र अभिनय क्षेत्रमा लाग्न चाहनेहरुका लागि यस्ता कुराहरुले निकै दुःखी तुल्याउने उनी बताउँछिन् । आफूले अभिनय गरेको एउटा फिल्मको पूरा पारिश्रमिक एक वर्षपछि मात्रै पाएको पनि उनले खुलासा गरिन् ।

    त्यस्तै सनी लियोनीको गीत ‘मधुबन’का विषयमा बबाल मच्चिएपछि अन्ततः यो गीत युट्युबबाट हटाइने भएको छ । यो गीतका विषयमा मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले चेतावनी दिएका थिए । त्यसपछि म्युजिक कम्पनी सारेगामाले आफ्नो यो गीतमा संशोधन गर्ने बताएको छ । यसको लागि अहिले अपलोड गरिएको भिडियो सबै प्लेटफर्मबाट हटाइनेछ ।

    अंग्रेजी अखबार हिन्दूस्तान टाइम्सका अनुसार सारेगामाले भनेको छ ‘हालैका प्रतिक्रियाहरु हेर्दै र देशका नागरिकहरुका भवनाको सम्मान गर्दै हामी मधुबन गीतको नाम र बोल दुवै परिवर्तन गर्नेछौं ।’ सारेगामाले अगाडि भनेको छ ‘३ दिनभित्र सबै प्लेटफर्ममा ३ दिनभित्र पुरानो गीत हटाइनेछ र त्यसको ठाउँमा नयाँ गीत हुनेछ ।’

    मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले अभिनेत्री सनी लियोनी र गायकलाई चेतावनी दिँदै यो भिडियोको लागि माफी माग्न र ३ दिनभित्र यो भिडियो हटाउन अन्यथा कारवाहीको लागि तयार रहन भनेका थिए । यसअघि पनि नरोत्तम मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाचीले आफ्नो मंगलसूत्रको विज्ञापन हटाएका थिए ।

    अहिले पनि चेतावनीको तत्कालै पछि कम्पनीले प्रतिक्रिया दिँदै भिडियो बदलिने बताएको छ । मन्त्रीको चेतावनीको हवाला नदिइ कम्पनीले यो निर्णय हालैका प्रतिक्रियाहरुपछि लिइएको बताएको छ ।

    नरोत्तम मिश्राले भनेका थिए ‘केही विधर्मी लगातार हिन्दू भावनालाई आहत गरिरहेका छन् । यस्तै एउटा भिडियो मधुवनमे राधिका नाचे निन्दनीय प्रयास हो । म सनी लियोनी जी, शारिब र तोशी जीलाई चेतावनी दिन्छु कि उहाँहरु बुझ्नुस् । यदि उहाँहरुले ३ दिनभित्र गीत हटाएर माफी माग्नुभएन भने उहाँहरुविरुद्ध कारवाही गर्नेछौं ।’

    यो गीतमा १९६० को फिल्म कोहिनूरमा मोहम्मद रफीले गाएको गीतका बोही बोल पनि थिए । नरोत्तम मिश्राका अलावा पुजारीहरुले पनि भिडियोलाई आपत्तिजनक पाएको बताउँदै यदि यसलाई हटाइएन भने अदालत जाने बताएका थिए । अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनी लियोनीको यो गीतबाट बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिल्याइएको बताएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया