• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    ललितपुर पुगेकी हिमानी शाहलाई आपत

    5.7K
    SHARES


    काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुर स्थित बज्रवाराही पेगेकी छन् । उनले त्यहाँ विशेष पूजा आराधना तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी छन्।

    उनले नेवा एकता समाजले बज्रवाराही मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बज्रवाराही शक्ति पीठको पूजा गर्नुका साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन् ।

    पुजारी बासुदेव कर्माचार्यले पूर्वयुवराज्ञी शाहलाई टीका लगाइएका थिए भने उनी त्यहाँ पुग्दा स्थानीयबासीले स्वागत गरेका थिए । स्थानीयबासी स्वागतका लागि स्वत स्फूर्त उपस्थित भएपछि हिमानीलाई कार्यक्रमस्थलबाट बाहिरिन हम्मेहम्मे परेको थियो ।

    उनलाई स्थानीयले घेराबन्दी गरेका थिए । त्यो घेराबाट फुत्किन उनलाई झण्डै आधा घण्टा लागेको थियो । राजतन्त्र जिन्दावाद, राजा आउ देश बचाउन लगाएका नारा लगाएर स्थानीयवासी हिमानीलाई रोकेका थिए ।

    अब सहने छुट हामीलाई छैन- हिमानी

    यसअघि पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’

    हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो ।

    कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन् । उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् ।

    उनले भनिन्, ‘सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ । किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ ।’ कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया