• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    देउवा र कुन्ती शाहीले माओवादी महाधिवेशनमा हसाए

    2.6K
    SHARES


    काठमाडौँ  । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशन आज बाट काठमाडौँमा सुरु भएको छ । उद्घाटन सत्रमा देखिएका केहि रोचक दृश्यहरुले सबैलाई मनोरंजन दिएको छ ।

    माओवादी केन्द्रकोे ८ औँ महाधिवेशन उद्घाटन सत्रमा अतिथिको रुपमा पुगेका प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा र राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही आज हाँसोको पात्र बनेका छन् । शाहीको जिब्रो चिप्लीएर मजाकको पात्र बनिन् भने देउवाको कुरो अझै अर्को छ ।

    प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि पुगेका छन् ।देउवालाई स्वागत गर्ने क्रममा भने एउटा रोचक दृश्य देखिएको छ ।

    स्वागत गरिसकेपछि आफूलाई लगाइदिएको माला देउवाले निकालेका थिए । तर, सँगै रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउन आग्रह गरेपछि देउवाले निकालिसकेको माला फेरि लगाएका हुन् ।

    राप्रपाकी महामन्त्री कुन्ती कुमारी शाहीले भने बोल्ने क्रममा पटक पटक गल्ती गरेकी थिइन्। कार्यक्रममा पुगेका अतिथिहरु कसैको नामै भुल्ने, कसैको थर भुल्ने त कसैको पार्टीको नामै भुल्ने सम्म उनले गरेकी छिन् । यति सम्मकी एमाले महासचिव शंकर पोखरेललाई त उनले इश्वर पोखरेल पो भनिन् ।

    उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे ।सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन्। त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् ।

    एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन्। शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन् ।

    महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी थिइन्। भाषण क्रममा उनले विदेशमा बस्ने नेपालीहरुले १०० डिग्री तापक्रममा काम गरिरहेको समेत भनिन् त्यस पछि त हलमा हाँसोको फोहोरानै छुट्यो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया