• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    क्रिसमस मनाउन फार्महाउस पुगेका सलमानलाई सर्पले टोक्यो, केछ अवस्था ?

    597
    SHARES


    काठमाडौँ । बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो ।

    उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।

    उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ ।

    सलमानको पनवेलको जुन इलाकामा सलमानको फार्म हाउस छ, त्यो पहाडी र वन क्षेत्रले घेरिएको छ । यो इलाकामा धेरैजसो सर्प र अजिंगर निस्किन्छन् ।

    त्यस्तै चर्चित टेलिभिजन सीरिज ‘सेक्स एण्ड द सिटी’ का अभिनेता क्रिस नथमाथि यौन शोषणको आरोप लागेको छ । उनीमाथि अहिलेसम्म पाँज जना महिलाले यौनशोषण गरेको आरोप लगाएका छन् ।

    गायिका लिजा जेट्लीले आफ्ना वकिल ग्लोरिया अलरेडसँग पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएकी छन् । क्रिसले उनलाई सन् २००२ मा यौनशोषण गरेको जानकारी दिएकी छन् ।

    एक रिपोर्टका अनुसार क्रिसमाथि आरोप लगाउँदै लिजाले भनिन्, ‘उनले मलाई जबरजस्ती चुम्बन गरे । साथै, उनले मेरो स्तनमा पनि छोए । मैले उनलाई रोक्ने कोसिस गरिरहेको थिएँ ।’ लिजाले यस विषयमा क्रिसले उनलाई फोन गरेर धम्क्याएको पनि बताएकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया