• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कलिउड मनोरञ्जन

    चलचित्र ‘काँडेतार’ काे सम्पूर्ण शुटिङ्ग सकियो

    574
    SHARES


    काठमाडाैँ । नेपाली कथानक चलचित्र ‘काँडेतार’को छायांकन सकिएको छ। नवल खड्काको निर्माण तथा निर्देशनमा बनेको ‘काँडेतार’को कार्यकारी निर्माता गायिका सत्यकला राई हुन्।

    चलचित्र ‘काँडेतार’ले सिमानाको कथा भन्ने निर्देशक खड्काले बताए। उनले भने, ‘चलचित्रमा सिमानाका नागरिक र भूमीको संरक्षण गर्दै असल छिमेकीसँगको सद्भाव कायम राख्न सकिन्छ भन्ने कथा भन्ने प्रयास गरेको छु।’

    चलचित्र ‘काँडेतार’मा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बुलगायत कलाकारले अभिनय गरेका छन्।

    चलचित्रको कथा लेखनमा निर्देशक खड्काले शिवम् अधिकारीसँग सहकार्य गरेका छन्। सौरभ लामाले छायांकन गरेको ‘काँडेतार’मा श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराको नृत्य रहनेछ। चलचित्रमा मणि थापा र दीपक शर्माको संगीत छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया