• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    विवाहको भोलिपल्ट श्रीमतीलाई श्रृंगार बिना देख्दा श्रीमान् चकित, डिभोर्सको माग

    1K
    SHARES


    काठमाडौँ । नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिन पाइन्छ । त्यो पनि महिलाको तर्फबाट ।

    तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन् ।  श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन् ।

    इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी श्रीमतीबाट सम्बन्धविच्छेदको माग गरेका छन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।

    यी दुईको भेट फेसबुकमा भएको हो । फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए ।

    भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।

    ‘म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने ।

    ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु ।’

    ‘मलाई उनले झुक्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कुरुप देखिन्छिन् ।’

    इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।

    ‘मैले उनलाई बिहान उठेपछि देखेँ, उनको कपाल जिङ्ग्रिङ्ग थियो… र उनलाई जस्तो देखेर विवाह गरेको थिएँ, त्यो भन्दा उनी पूर्ण रुपमा भिन्न देखिएकी थिइन् । ’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया