• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    ‘जोसमा होस् गुमाउने’ श्रीमान् श्रीमती जेल चलान

    6.9K
    SHARES


    काठमाडौँ । छिटो धन कमाउन खोज्ने एक दम्पतीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । गैरकानुनी धन्दाबाट धन कमाउन खोज्ने एक जोडिलाई काठमाडौँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।

    ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

    बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर बेचविखन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं–१३ ताहाचल घर भएका सुवेदी दम्पतीलाई बुधवार पक्राउ गरेको थियो ।

    बालुवाटारको जग्गा किर्ते मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ । सुवेदी वि.सं २०५० सालअघि लेखनदासका रूपमा चिनिन्थे ।

    त्यही क्रममा पञ्चायतकालमै सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा तत्कालीन भोगाधिकारी रहेका सुवर्णशम्शेरका नातेदारसँग मिलेर व्यक्तिको नाममा ल्याउन सुवेदी बिचौलियाको भूमिका खेलेका थिए ।

    त्यसपछि तत्कालीन भोगाधिकारीसँगै मिलेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याएपछि सस्तोमा खरिद गरी प्लटिङ गरेका थिए । ब्यूरोले सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको थियो ।

    सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर बेचेका थिए।

    सो जग्गा किनबेचमा मुख्य ‘बिचौलिया’ को रुपमा देखिएको सुवेदी दम्पतीले तत्कालीन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रभावमा पारेर निर्णय गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया